काठमाडौं : सरकारले जाजरकोट, रुकुम (पश्चिम), बझाङ, बाजुरा र सल्यानका भूकम्पपीडितका लागि रकम निकासा गरेको छ। गृह मन्त्रालयले ती जिल्लाका भूकम्पपीडितका लागि कुल १ अर्ब ४१ करोड रुपैयाँ निकासा गरेको हो।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भूकम्प प्रभावित लाभग्राहीहरूको अस्थायी आवास निर्माणको पहिलो किस्ता दिने प्रयोजनका लागि रकम निकासा गरिएको जनाएको छ।

प्राधिकरणका अनुसार जाजरकोट र रुकुम पश्चिमका लागि ५०/५० करोड, बझाङलाई २५ करोड, बाजुरालाई १४ करोड र सल्यानलाई २ करोड रुपैयाँ निकासा भएको छ।

गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्पले गएको थियो। भूकम्पले जाजरकोट र रुकुम पश्चिममा सबैभन्दा बढी क्षति गरेको थियो।

अहिले पनि त्यहाँका भूकम्पपीडित त्रिपालमूनि बसिरहेका छन्। जाजरकोटमा चिसोका कारण ११ जना भूकम्पपीडितको मृत्यु भइसकेको छ।

 

Your Views
Related News