झापा : हरिबोधिनी एकादशी (तुलसी विवाह)का अवसरमा झापाका तीन पालिकाले भोलि स्थानीय बिदा दिएका छन्। कचनकवल गाउँपालिकाले भने पर्सि शुक्रबार बिदा दिएको छ।

आदिवासी राजवंशी तथा अन्य बहुसङ्ख्यक समुदायले मनाउने हरिबोधिनी एकादशी पर्वका अवसरमा भद्रपुर नगरपालिका, बाह्रदशी गाउँपालिका र झापा गाउँपालिकाले हरिबोधिनी एकादशीकै दिन स्थानीय बिदा दिएका हुन्। कचनकवलले एकादशी सकिएको भोलिपल्ट बिदा दिएको गाउँपालिकाको सूचनामा उल्लेख छ।

स्थानीय बिदाका दिन पालिका र पालिका मातहतका वडा कार्यालयहरू, स्वास्थ्य संस्था, विद्यालय बन्द रहने सूचनामा उल्लेख गरिएको छ।  हरिबोधिनी एकादशी वर्षमा पर्ने २४ वटा एकादशीमध्ये सबैभन्दा ठूलो एवं महत्त्वपूर्ण एकादशी हो।

त्यसैले यसलाई ठुलो एकादशी पनि भनिन्छ।

 

हिन्दु धर्ममा एकादशीलाई भगवान् विष्णुको उपासना गर्ने पर्वका रूपमा लिइन्छ। आषाढ शुक्ल एकादशीको दिन क्षीर सागरमा सुतेका भगवान् विष्णु एकादशीमा उठ्ने पुराणहरूमा उल्लेख गरिएको छ।

 

Your Views
Related News