facebook sharing button
messenger sharing button
twitter sharing button
whatsapp sharing button
sharethis sharing button

 

काठमाडौं : मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफूहरूको अभियानले देशको विकास गर्ने दाबी गरेका छन्।

शनिबार काठमाडौंको सिफलमा आयोजित सभालाई सम्बोधन गर्दै प्रसाईंले अहिलेका दलहरूबाट देशको विकास नहुने भन्दै जनतालाई अघि सारेर देशको विकास गर्ने दाबी गरे। सबै नेपालीहरू राष्ट्रवादी बन्न आवश्यक रहेकाले अबको समय विकास र समृद्धिको भएको उनको भनाइ छ।

प्रसाईंले विभिन्न कारणले जनताहरुले देहत्याग गर्नुपरे पनि राज्यले केहि गर्न नसकेको बताए। १००औं वर्ष आन्दोलनमा व्यतित गर्नुपर्दा देशमा विकास हुन नसकेको उनले तर्क गरे। प्रसाईंले शान्तिपूर्ण रूपमा आफूहरूको अभियान चल्ने र कसैले रोक्न नसक्ने बताए। उनले आफूहरूलाई काठमाडौंमा निषेध गर्नेहरूलाई अब आफ्नो अभियानले निषेध गर्ने चेतावनी दिए।

 

Your Views
Related News