काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतमा राम्रो संगठन बनाउन सकेकै कारण ‘जनयुद्ध’ १० वर्षसम्म अघि बढेको बताएका छन्।

खुशीराम पाख्रिन स्मृति ग्रन्थको शनिबार विमोचन कार्यक्रममा प्रधानमन्त्री दाहालले भारतमा राम्रो संगठन बनाएकै कारण गणतन्त्र ल्याउन पनि सहज भएको बताएका हुन्। भारतमा संगठन हुनुको कारणले नै आफूहरूले भूमिगत रूपबाट धेरै सहयोग प्राप्त गरेको पनि उनले खुलासा गरे।

‘भारतमा हामीले राम्रो संगठन बनाउन नसकेको भए जनयुद्ध १० वर्षसम्म अघि बढ्ने र त्यसले गणतन्त्रसम्म नेपालमा ल्याउने कुरा सायद मुस्किल हुन पनि सक्थ्यो,’ माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दाहालले भने, ‘भारतमा संगठन हुनुको कारणले नै हामीले थुप्रै चिजहरू भूमिगत रूपबाट त्यहाँबाट सहयोग प्राप्त गर्‍यौं। कार्यकर्ता प्राप्त गर्‍यौं, लड्ने योद्धाहरू सीधै आएर फौजी मोर्चामा जाने र आउनेहरू पनि भयो।’

 

Your Views
Related News