काठमाडौं : अमेरिका पठाइन्छु भन्दै १५ लाख ठगी गर्ने दुई जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विशाल श्रेष्ठ र शान्ति श्रेष्ठलाई पक्राउ गरेको हो।

विशाल र शान्तिले रोजगारीका लागि अमेरिका पठाइदिन्छु भन्दै चन्द्रबहादुर रावलसँग १५ लाख ठगी गरेका थिए। उनीहरूले मासिक ३ लाख तलब हुने भन्दै प्रतिव्यक्ति ४० लाग माग गरेका थिए। श्रेष्ठद्वय पैसा ठगेर सम्पर्कविही बनेका थिए। उनीहरूको थप अनुसन्धान गर्ने काम भइरहेको प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले बताए।

 

Your Views
Related News