काठमाडौं : बर्दियाका एक प्रहरी नायब निरीक्षक घुससहित पक्राउ परेका छन्। बढैयाताल गाउँपालिका-६ मैनापोखरस्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक साउद ३० हजार घुससहित पक्राउ परेका हुन्।

अख्तियार अनुसन्धान आयोगको टोलीले उनलाई पक्राउ गरेको हो। लागू औषधको मुद्दा मिलाइदिने भन्दै साउदले सेवाग्राहीसँग ३० हजार घुस लिएका थिए। अखित्यारको नेपालगन्जबाट खटिएको टोलीले साउदलाई पक्राउ गरेको हो। साउदबारे थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता भोला दाहालले बताए।

 

Your Views
Related News