काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच मंगलबार भेट भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा दुई नेताबीच छलफल भएको हो । छलफलको विषय भने खुलेको छैन ।

दुई नेताबीचको छलफलअघि प्रचण्डले ओलीलाई आफ्नो नयाँ कार्यालय भ्रमण गराएका थिए ।

प्रधानमन्त्री प्रचण्ड ६ मंसिरमा सिंहदरबारमा पश्चिमतर्फ रेट्रो फिटिङ भएको भागमा बनाइएको कार्यकक्षमा सरेका थिए । २०७२ को भूकम्पले क्षतिग्रस्त भएको उक्त भवन रेट्रोफिटिङ हालै सकिएको थियो ।

 

Your Views
Related News