नयाँ दिल्ली : भारतको उत्तरकाशी सुरुङमा फसेका ४१ जना कामदारको सकुशल उद्धार गरिएको छ । उत्तराखण्ड सरकारले सुरुङमा फसेका ४१ जना कामदारलाई सकुशल बाहिर निकालेको जनाएको छ ।

हाल सबै कर्मचारीको स्वास्थ्यकेन्द्रमा उपचार भइरहेको छ ।

१७ दिनपछि देशका विभिन्न ठाउँमा बस्ने मजदुरका परिवारले राहतको सास फेरिरहेका छन् ।  विभिन्न समाचार च्यानलमा आइरहेका तस्विरमा मजदुरका परिवारले खुसी मनाउँदै गरेको देख्न सकिन्छ ।

मजदुरहरु बाहिर निस्कनेबित्तिकै सुरुङबाहिर उत्सवको माहोल देखिएको थियो । टिभी क्यामेरामा मानिसहरू खुसीसाथ एकअर्कालाई मिठाई खुवाउँदै गरेको देखियो।

सुरुङमा फसेका ४१ जना मजदुरको सकुशल उद्दारका लागि १६ दिनअघिदेखि उद्धार कार्य सुरु भएको थियो । यस प्रक्रियामा संलग्न उद्धारकर्मीहरूले पटक पटक धेरै समस्याको सामना गर्नुपरेको थियो।

नोभेम्बर १२ मा सुरुङको एक भाग भत्किँदा ४१ जना कामदार भित्र फसेका थिए । १३ नोभेम्बरमा कामदारहरूसँग सम्पर्क स्थापित भयो र पाइपबाट अक्सिजन आपूर्ति हुन थाल्यो।

१४ नोभेम्बरमा भग्नावशेषभित्र ८००–९०० मिलिमिटर व्यासको स्टिल पाइप औगर मेसिनमार्फत हाल्ने प्रयास गरिएको थियो । तर अविरल ढुङ्गा खस्दा दुई जना कामदार पनि सामान्य घाईते भएका थिएश्र यो अवधिमा कामदारहरुलाई खाना, पानी, अक्सिजन, बिजुली र औषधि पुर्‍याउने क्रम भने जारी थियो।

सोही क्रममा  २८ नोभेम्बर दिउँसो सुरुङमा पाइप बिछ्याउने काम सकिएको थियो । त्यसपछि कामदारलाई बाहिर निकाल्न थालिएको हो। अहिले सबै फसेका मजदुर बाहिर निक्लिसकेका छन्।

 

Your Views
Related News