मुम्बई । रणवीरकपुर अभिनीत एनिमेलले घरेलु बक्स अफिसमा धमाकादार सुरुवात गरेको छ । सन्दीप रेड्डी वाङ्गा निर्देशित चलचित्रले मिश्रित प्रतिक्रिया पाइरहेको छ । वाङ्गाको यसअघिको चलचित्र ‘कविर सिंह’ जस्तै यस चलचित्रको पनि नारीद्वेषी भन्दै आलोचना पनि भइरहेको छ ।

यसका बाबजुद चलचित्रले घरेलु बक्स अफिसमा ६१ करोड भारतीय रुपैयाँ (प्रारम्भिक अनुमान) कमाएको स्याकनिल्कको रिपोर्टमा उल्लेख छ । त्यस्तै, व्यापार विज्ञ रमेश बलाका अनुसार चलचित्रले विश्वभर ११० देखि ११५ करोड भारतीय रुपैयाँ कमाएको बताएका छन् । उनका अनुसार चलचित्रले उत्तर अमेरिकामा पहिलो दिनमा २५ लाख डलर कमाएको छ ।

दिल्ली एनसीआर क्षेत्रमा चलचित्रले १ हजार ३१८ शो पाएको थियो । यसमा दर्शकको उपस्थिति ७९ प्रतिशत रहेको थियो । त्यस्तै मुम्बईमा १ हजार ४० शोमा ५५ प्रतिशत दर्शकको उपस्थिति रहेको थियो ।

तेलुगुमा हैदरबादमा ३ सय १६ शो रहेकोमा त्यहाँ भने दर्शकको ८२ प्रतिशत उपस्थिति थियो । तमिल भर्सनमा चेन्नईमा चलचित्रको ८८ शोमा ३० प्रतिशत मात्र दर्शकको उपस्थिति रहेको थियो ।

Nabil bank

यो वर्ष शाहरुखको जवानले सबैभन्दा ठुलो ओपनिङ गरेको थियो । चलचित्रले पहिलो दिन भारतभर ७५ करोड रुपैयाँ कमाएको थियो । दोस्रो स्थानमा ५७ करोड भारुसहित शाहरुखकै पठान थियो । एनिमलले अब सो स्थान ओगट्न सफल भएको छ । चौथो स्थानमा सलमानको टाइगर ३ ले पहिलो दिनमा ४४.५० करोड भारु कमाएको थियो ।

एनिमल विक्की कौशलको साम बहादुरसँगै रिलिज गरिएको थियो । चलचित्रले पहिलो दिन ५.५ करोड भारु मात्र कमाउन सक्यो । सन्दीपको पछिल्लो चलचित्र कविर सिंह सन् २०१८ मा रिलिज भएको थियो । चलचित्रले पहिलो दिन २०.२१ करोड कमाए पनि अन्ततः २७८ करोड भारु कमाउन सफल भएको थियो ।

रणवीरकपुरको हालसम्म सबैभन्दा ठुलो हिट राजकुमार हिरानीको सञ्जु रहेको छ । चलचित्रले ३४२.५३ करोड कमाएको छ । सो चलचित्रले पहिलो दिन ३४.७५ करोड भारु कमाएको थियो ।

 

Your Views
Related News