काठमाडौं, १६ मंसिर ।   रुपन्देहीमा स्कुल बसको ठक्करबाट २ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका र ४ महुवारीमा आज बिहान सिद्धार्थ बोर्डिङ स्कुलको लु १ क १७ ७८ नम्बरको बसले लु ३७ प ८४८२ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकलमा सवार २१ वर्षीय मोहम्मद इर्साद र २१ वर्षीया रुक्सना खातुनको मृत्यु भएको हो।

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको हो। ठक्कर दिने बसमा स्थानीयले आगो लगाइदिएका छन्। यस्तै, बीरगञ्जमा ना ८ ख ४८६१ नम्बरको बसले किच्दा सर्लाही रामनगर गाउँपालिका ६ सिसवाका ३५ वर्षीय अभय झाको मृत्यु भएको छ। वीरगञ्ज महानगरपालिका१७ अलौस्थित तिलावे पुल नजिकै वीरगञ्जबाट पोखरियातर्फ गइरहेको बा ७४ प ४५२८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको ना ३५ प ६४०० नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा बा ७४ प ४५२८ नम्बरको मोटरसाइकलमा सवार झालाई बसले किच्दा मृत्यु भएको प्रहरीले जनाएको छ।

 

Your Views
Related News