काठमाडौँ । अर्थमन्त्री डा प्रकाशरण महतले नुवाकोटको अर्को सडकका लागि १ अर्ब २० करोड रूपैयाँ स्रोत सुनिश्चित गरेका छन । नुवाकोट क्षेत्र नम्बर १ र २ दुबै जोड्ने गंगटे-लब्धु-समुन्द्रटार-गोल्फु भञ्ज्याङ सडकका लागि बहुबर्षिय ठेक्का लागि स्रोत सुनिश्चित भएको अर्थमन्त्री डा प्रकाशरशण महतका स्वकीयसचिव समेत रहेका नेपाली कांग्रेस नुवाकोटका सहसचिव उत्तम पाठकले जानकारी दिए ।

पाठकले सडकको केही दिनभित्रै टेण्डर हुने जानकारी समेत दिए । गंगटे-लब्धु-समुन्द्रटार-गोल्फु भञ्ज्याङ सडकको स्तरोन्तीपछि तादी, दुप्चेश्वर र पञ्चकन्या गाउँपालिकाका स्थानीयका लागि निकै ठूलो राहत मिल्नेछ । सडकको स्रोत सुनिश्चत हुँदा यस वर्षका लागि भने ३० करोड रूपैयाँ बिनियोजन भएको छ ।

अर्थमन्त्री महतले गंगटे-लब्धु-समुन्द्रटार-गोल्फु भञ्ज्याङ सडक निर्माण हुँदा त्यस भेगको आर्थिक विकासमा कोसेढुङ्गा साबित हुने बताएका छन । उनले पछिल्लो समय नुवाकोटको विकासका लागि विशेष नजर लगाएका छन । २०८४ देखि नुवाकोट क्षेत्र नम्बर १ बाट नै चुनाव लड्ने तयारीमा जुटेका महतले त्यस भेगको दीर्घाकालीन र बृहत्तर विकासमा ध्यान केन्द्रीत गरेका छन ।

 

 

Your Views
Related News