काठमाडौं : सरकारले एनसेलको ८० प्रतिशत सेयर खरिदबिक्रीबारे  अध्ययन गर्न उच्चस्तरीय समिति गठन गरेको छ।

बिहीबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले पूर्वमहालेखा परीक्षक टंकमणि शर्माको संयोजकत्वमा  पाँच सदस्यीय समिति गठन गरेको सरकारको प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

उच्चस्तरीय समितिमा सचिव फणिन्द्र गौतम,सहसचिव बाबुराम भण्डारी,सहसचिव रितेशकुमार शाक्य र आइक्यानका अध्यक्ष सुजन कुमार काफ्ले रहेका  छन्।

समितिलाई सेयर खरिदबिक्री प्रकरण अध्ययन गरी प्रतिवेदन  पेश गर्न ३० दिनको समयावधि दिइएको छ।

 

Your Views
Related News