नुवाकोट :तारकेश्वर गाउँपालिका भित्रका सबै स्वास्थ्यकर्मीको सरुवा गर्ने कार्यक्रम अन्तर्गत पहिलो चरणमा सबै स्वास्थ्य केन्द्रका इन्चार्ज सहित १४ जना स्वास्थ्यकर्मीको सरुवा गरिएको छ ।

गाउँपालिका अध्यक्ष शिव अधिकारीले स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धिका लागि स्वास्थ्यकर्मीहरूलाई थप चलायमान बनाई स्वास्थ्य सेवालाई चुस्त दुरुस्त बनाउने उद्देश्यले सबै स्वास्थ्यकर्मीको सरुवा गर्न गरिएको बताउनुभएको छ ।

उहाँका अनुसार, जनभावना र जनगुनासोलाई सम्बोधन गर्दै स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धिको अभियान सुरु गरिएको हो ।

 

Your Views
Related News