काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले राष्ट्र बैंक बोर्डलाई मौद्रिक नीति खुकुलो बनाएर अर्थतन्त्र थप चलायमान बनाउन सुझाव दिएका छन् । हिजो बिहीबार गर्भनरसहितको राष्ट्र बैंक बोर्डलाई अर्थमन्त्रालयमा बोलाएर मन्त्री डा. महतले सुझाव दिएका हुन् ।

घरजग्गा, शेयरलगायत अन्य कारोबारमा सहज हुने मौद्रिक नीति ल्याउन मन्त्री डा. महतले सुझाव दिनुभएको अर्थमन्त्रालय स्रोतले जनाएको छ । मन्त्री डा. महतको सुझावपछि राष्ट्र बैंक बोर्ड बैठक यतिबेला बसिरहेको छ । राष्ट्र बैंकले जारी गर्ने मौद्रिक नीति’bout बोर्ड बैठकमा व्यापक छलफल भएको बुझिएको छ ।

 

Your Views
Related News