डडेलधुरा: डडेलधुरामा गएराति भएको आगलागीबाट तीनवटा पसल जल्दा करिब ३ करोडको क्षति भएको छ। अमरगढी नगरपालिका-५ बागबजारमा रहेको शुलभ फेन्सीमा तार सर्ट भएर आगलागी भएको थियो।

आगलागीबाट दुई करोड ८६ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। आगलागीबाट बागबजारको शुलभ फेन्सीको १ करोड २० लाख, कैलपाल मेडिकलको ८० लाख र शिशिर फेन्सीका ८० लाख रुपैयाँ बराबरको सामान जलेर नष्ट भएको हो।

शनिबार राति पौने ९ बजेतिर आगलागी भएको हो । अमरगढी नगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र, नेपाली सेना र स्थानीयले करिब एक घन्टा पछि आगो नियन्त्रणमा लिएका थिए।

 

Your Views
Related News