जनकपुरधाम : जनकपुरमा भगवान् राम र सीताको स्वयम्बर सम्पन्न भएको छ । विवाहपञ्चमी महोत्वको मुख्य आकर्षणको रुपमा रहेको स्वयम्बर विधिमा लाखौंको सहभागिता रहेको थियो । भगवान् राम र सीताको स्वरुपमा जानकी मन्दिर तथा राम मन्दिरको डोलाबीच रंगभूमि मैदानमा  स्वयम्बर गरिएको हो।

जानकी मन्दिरबाट माता सीताको डोलाको नेतृत्व गर्दै महन्त रामतपेश्वर दाससहित माइती पक्ष र राम मन्दिरबाट रामको डोलाको नेतृत्व गर्दै महन्त राम गिरिसहित लाखौं श्रद्धालुहरु रंगभूमि मैदानमा पुगेका थिए । रंगभूमि मैदानमा अन्य मन्दिरका डोलाहरूसँगै राम र सीताको डोलालाई परिक्रमा गराई स्वयम्बर गरिएको हो ।

स्वयम्बर सम्पन्न भएपछि डोलाहरु मन्दिर फर्किएका छन् । आजै राती जानकी मन्दिर परिसरमा बनाइएको भव्य मण्डपमा वैवाहिक कार्यक्रम हुनेछ । स्वयम्बरका क्रममा नेपाली सेनाको हेलिकोप्टरबाट रंगभूमि तथा जानकी मन्दिरमा पुष्पवर्षा गरिएको थियो ।

 

Your Views
Related News