काठमाडौं : काठमाडौं महानगरपालिकाले तोकिएको विद्यालय पोसाकबाहेक अन्य पोसाक किन्न विद्यार्थीलाई बाध्य नपार्न अनुरोध गरेको छ। महानगरले शुक्रबार एक सूचना जारी गर्दै विद्यार्थीहरूलाई अनावश्यक पोसाक किन्न बाध्य नपार्ने विद्यालयलाई भनेको छ।

महानगरभित्र सञ्चालित केही विद्यालयहरूले विभिन्न चाडपर्वका नाममा विद्यार्थीहरूलाई नियमित विद्यालय पोसाकभन्दा फरक पोसाक किन्न बाध्य पारेको भन्ने गुनासो आएपछि महानगरले तोकिएको विद्यालय पोसाकभन्दा अन्य पोसाक नकिन्न भनेको हो। अटेरी  गरी पोसाक किन्न लगाएको पाइएमा कारवाही गरिने महानगरले  चेतावनी समेत दिएको छ।

कोही कसैले परिपत्र विपरित कार्य गरेमा काठमाडौं महानगरपालिका शिक्षा ऐन  र अन्य प्रचलित कानुनबमोजिम दण्ड सजाय हुने महानगरले जनाएको छ।

 

Your Views
Related News