काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रलाई सुदृढ बनाएर अगाडि बढ्नुपर्ने बताएका छन्। आइतबार स्वर्गीय कृष्णप्रसाद भट्टराईको जन्मदिनको उपलक्ष्यमा आयोजित विमर्श सभालाई सम्बोधन गर्दै देउवाले अहिले गणतन्त्र कमजोर पार्ने कुरा भइरहेको भन्दै चिन्ता व्यक्त गरेका हुन्।

उनले गणतन्त्र र लोकतन्त्रलाई सुढृढ बनाउन कांग्रेसले रचनात्मक भूमिका खेल्नुपर्ने धारणा राखे। देउवाले मुलुकमा अब इतिहास फर्कन नसक्ने स्पष्ट पारे। उनले लोकतन्त्र ल्याउन भट्टराईको पनि योगदान रहेको धारणा राखे।

उनले भट्टराईको अनुसन्धान गरेर किताब वा भट्टराईको विषयमा केहि न केहि निकाल्नुपर्ने उल्लेख गरे। उनले भट्टराईले गरेको राजनीतिक योगदानको प्रशंसा गरे। देउवाले भट्टराई हिँडेको बाटोमा नेपाली कांग्रेसलाई लैजानुपर्ने धारणा राखे।

 

Your Views
Related News