काठमाडौं : नेकपा माओवादी केन्द्र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादका भ्रुण रोप्ने कोसिस भइरहेको बताएका छन्। मंगलबार माओत्सेतुङ १३० औं जन्मजयन्तीको अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा उनले चुनौतिका बीचमा समाजवादका भ्रुण रोप्ने कोसिस भइरहेको बताएका हुन्।

प्रचण्डले हिजोको माओवादीभन्दा जस्तो थियो उसैगरी समाजवादी क्रान्तिमा ठाउँमा पुर्‍याउन लाग्नुपर्ने धारणा राखे। युवाले अध्ययन गरे विचारको विकास र संश्लेषणगरेर पार्टीको विकास गर्न उनले अपील गरे।

प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले आफ्नो कार्यशैलीमा परिवर्तन ल्यायो भन्ने जनताले देखुन् भन्ने किसिमले काम गर्ने तयारी गरेको बताए। आज राष्ट्रका नाममा सम्बोधन गर्ने जानकारी दिँदै उनले यस अगाडि गरेका काम र आगामी प्राथमिकताबारे जानकारी गराउने बताए।

‘मैले अहिले सिंहदरबारको कामलाई मन्त्रालय र मन्त्री-सचिवहरुले कति काम गरे/गरेनन्, किन गरेनन् के भयो ? भन्नेबारेमा आफैं १० बजे सिंहदरबारमा उपस्थित हुने र मन्त्रालयसँग छलफल गर्ने र परिणाम गर्ने गरी तयारी गर्ने भनेको छु।’ उनले भने,‘आज जनतासँग आफूले सुरु गरिसकेको कुरा भन्छु र गर्ने लक्ष्यहरु पनि भन्छु।’

उनले यस अगाडि केहि रेकर्ड बनेका भएपनि अर्को वर्ष धेरै रेकर्ड गर्न गरी काम गर्ने बताए। उनले सरकारका प्राथमिकता पनि जानकारी गराउने बताए। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आज साँझ ५ बजे प्रचण्डले सरकारको नेतृत्व एक वर्ष पूरा भएको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दैछन्।

 

Your Views
Related News