काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले परिणाममुखी काम गर्न नसके पदमा नबस्ने दाबी गरेका छन्। देशबासीको नाममा सम्बोधन गर्दै मंगलबार उनले देशमा सकारात्मक आशा जगाउन नसके आफूले पनि पद ओगटिरहन नमिल्ने बताए। उनले मन्त्रीहरूलाई पनि कार्यक्षमता प्रमाणित गर्न नसके पद छाड्नुपर्ने बताए।

‘मन्त्रीहरूलाई भन्न चाहन्छु हामीलाई असफल हुने छुट छैन। कार्यसम्पादन कमजोर भएको अवस्थामा कसैलाई माफ गर्ने अवस्था र मनस्थितिमा छैन। हामी सबैले आ-आफ्नो भूमिका न्याय गर्नैपर्ने नैतिक दबाबमा छौं। कार्यक्षमता प्रमाणित गर्न सकेनौं भने कसैले पनि ठाउँ ओगटिरहनु हुँदैन छाडदिनुपर्छ। यो मैले अरुलाई उपदेश दिएको मात्र होइन, आफैंसँग गरेको वाचा पनि हो। देशमा सकारात्मक आशा जगाउन नसके मैले पनि पद ओगटिरहने जरुरी छैन,’ उनले भने

 

Your Views
Related News