काठमाडौं : ललितपुरको बालकुमारीमा आगजनी भएको सरकारी गाडी भौतिक,पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको भएको खुलेको छ।  ललितपुर प्रहरीका अनुसार मन्त्री ज्वाला सवार गाडीमा आगजनी भएको हो।

कोरियन भाषा परीक्षामा सहभागी नगराएको भन्दै विरोध प्रदर्शमा उत्रिएका युवाहरूले शुक्रबार मध्यान्नतिर गाडीमा आगजनी गरेका थिए।

प्रदर्शनकारीहरूले मन्त्री ज्वाला चढेको गाडी रोकेर सुरुमा  हावा फुस्काइ दिएका थिए। त्यसपछि आगो लगाएका थिए। आगजनीबाट  बा २ झ  ५८६१ नम्बरको गाडी ध्वस्त भएको छ।

आगजनीका कारण कोटेश्वर-कलंकी सडकको यातायात प्रभावित भएको छ भने बालकुमारी क्षेत्र तनावग्रस्त बनेको छ। सो क्षेत्रमा सवारी साधानको लामो जाम भएको छ।

 

Your Views
Related News