हेटौंडा : उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्दै हेटौंडामा शनिबार प्रदर्शन भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शुक्रबार बालकुमारीमा भएको घटनालाई लिएर गृहमन्त्री  श्रेष्ठको राजीनामा माग गरेको हो।

रास्वपाले जिल्ला पार्टी कार्यालयबाट ब्यानरसहित विरोध र्‍याली गर्दै हेटौंडाको मुख्य बजार क्षेत्र बुद्ध चोकसम्म प्रदर्शन गरेको थियो।

प्रदर्शनका क्रममा रास्वपाका नेता तथा कार्यकर्ताहरुले ‘हत्यारा सरकार जवाफ दे, गठबन्धन सरकार चाहिँदैन, जनता मार्न पाइँदैन, निरकुंश गृहमन्त्री जवाफ दे,’ भन्दै नारा लगाएका थिए।

 

Your Views
Related News