काठमाडौं : सिंहदरबार अगाडि अर्धनग्न प्रदर्शन गर्ने तीन जना पक्राउ परेका छन्। पक्राउ परेका तीन जनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि युवा मार्न पाइँदैन भन्दै नाराबाजी गरेका थिए। त्यसरी प्रदर्शन गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा नेकपा माओवादी क्रान्तिकारी निकट दिपेन्द्र ऐरी, पदम हमाल र आकास कार्की रहेका छन्। ऐरी कञ्चनपुरका हुन् भने हमाल र कार्की जाजरकोटका भएको प्रहरीले बताएको छ। उनीहरूले सरकार विरोधी नारा लगाएका थिए।

कपडा खोलेर नाराबाजी गर्ने क्रममा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। प्रवेश पास लिएर उनीहरू सिंहदरबार छिरेका थिए। उनीहरूलाई प्रवेश पास कसले र कुन प्रयोजनका लागि दियो भन्ने बारे खुल्न सकेको छैन। प्रहरीले यसबारे अनुसन्धान अघि बढाएको छ।

 

Your Views
Related News