मकवानपुर । बागमती प्रदेशमा वन्यजन्तु र मानवबिचको द्वन्द्व बढ्दो छ । राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्र व्यवस्थापनका कारण वन्यजन्तु र मानिसबिचको द्वन्द्वबाट भौतिक तथा आर्थिक हानि नोक्सानीको दर उच्च छ ।

वन्यजन्तुका कारण कृषि क्षेत्रमा परेको असरले खाद्य सुरक्षाको विषयमा चुनौती थपिएको छ । विशेषगरी बागमती प्रदेशको चितवन, मकवानपुर, धादिङ, नुवाकोट, रामेछाप, सिन्धुपाल्चोक र सिन्धुलीमा वन्यजन्तु र मानिसहरुको द्वन्द्वका कारण क्षति बेहोर्नुपर्ने बाध्यता छ ।काठमाडौँ उपत्यकाका तीन जिल्लाबाहेक प्रदेशका १० जिल्लामा वन्यजन्तुको आक्रमणबाट विगत १८ महिनामा १६ जनाको मृत्यु भएको छ । अघिल्लो आर्थिक वर्ष ती १० जिल्लामा वन्यजन्तु र मानिसबिचको द्वन्द्वका कारण ११ जनाको मृत्यु भएको थियो भने ३९ जना घाइते भएका छन् ।

बागमती प्रदेश प्रहरी कार्यालय हटौंडाको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७९÷०८० को अवधिमा भएका २४ घटनामा करोडौँ रकम बराबरको आर्थिक तथा भौतिक क्षति भएको छ ।चालु आर्थिक वर्षको ६ महिनामा वन्यजन्तुको आक्रमणका कारण १० जिल्लामा ५ जनाको ज्यान गएको छ भने ८ जना घाइते भएका छन् । उक्त अवधिमा भएका १२ वटा घटनामा मकवानपुर र चितवनका नागरिकहरु बढी प्रभावित बनेका छन् भने जङ्गली जनावरको आक्रमणबाट २ लाखभन्दा बढीको भौतिक क्षति भएको प्रहरीको तथ्याङ्क छ ।

 

Your Views
Related News