काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेस निकट नेविसंघले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गरेको छ। उसले शुक्रबार प्रधानमन्त्री दाहालको राजीनामा माग गर्दै ‘सिंहदरवार टू बालुवाटार’ मार्चपास गरेको हो।

दाहाल नेतृत्वको सरकार राज्य आतंक र भ्रष्टाचारविरुद्ध लिप्त भएको आरोप लगाउँदै कांग्रेसको विद्यार्थी नेताहरू सडकमा ओर्चलिएका हुन्।

उनीहरूले ‘प्रचण्ड सरकार राजीनामा दे, राज्य आतंक बन्द गर, सुन काण्डका नाइकेहरूलाई कारबाही गर, युवा मार्न पाइँदैन, युवालाई रोजगारी दे’लगायत नारा लगाएका थिए।

 

Your Views
Related News