सर्लाही : प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा सर्लाहीको बरहथवामा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बरहथवा नगरपालिका वडा-६ का ३२ वर्षीय जयशंकर साह रहेको सर्लाही प्रहरीले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दीपेन्द्र पंजियारका अनुसार मृतक साहको मृत्युको कारण खुलेको छैन। ‘प्रदर्शनको क्रममा जयशंकर साहको मृत्यु भएको खुलेको छ। तर, के कारण मृत्यु भएको हो अनुसन्धान गर्दैछौं,’ अन्नपूर्णसँग उनले भने।

नगर अस्पताललाई प्रादेशिक अस्पताल बनाउने विषयमा बरहथवा नगरपालिकाका कार्यालय अगाडि शुक्रबार प्रदर्शन भएको हो। प्रदर्शनकारीले ढुंगामुढा गर्न थालेपछि प्रहरीले १३ राउन्ड गोली हवाई फायर गरेको थियो। भीडलाई नियन्त्रणमा लिन १९ राउन्ड अश्रुग्यास समेत प्रहार भएको डीएसपी पंजियारले बताए।

प्रदर्शनकारीले भने साहको गोली लागेर मत्यु भएको दाबी गरेको छ।

 

Your Views
Related News