काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी बैठक बोलाइएको जानकारी दिए।

राष्ट्रियसभाको निर्वाचनका सन्दर्भमा छलफल गर्न बैठक आह्वान गरिएको हो। ।

बैठक शनिबारका लागि बोलाएको थियो। तर सत्ता गठबन्धनबीच शनिबार सिट बाँडफाँटमा सहमति नजुटेपछि बैठक आज बस्न लागेको हो।

माघ ११ गते हुने राष्ट्रियसभाको निर्वाचनका लागि भोलि उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । कांग्रेसले बैठकमा सहभागी हुनका लागि केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई अनुरोध गरेको छ ।

 

Your Views
Related News