काठमाडौं : सरकारले सहिदको संख्या थप्ने तयारी गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले थप सहिद घोषणा गर्ने निर्णय गरेको छ।

सरकारले राजपत्रमा प्रकाशित सहिदरहरूको विवरण सच्याउने निर्णयसमेत गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन्।

‘सरकारले मन्त्रिपरिषदबाट विभिन्न मितिमा सहिद घोषणा गरेका तर विवरण फरक परेका सहिदहरूको विवरण सच्याउने र नेपाल राजपत्रमा प्रकाशन हुन छुटेका सहिदहरूको नाम प्रकाशन गर्ने र थप सहिद घोषणा गर्ने निर्णय भएको छ,’ उनले भनिन्।

सरकारले अघिल्लो वर्ष १२ हजार बढी सहिदहरूको नामावली राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको थियो। नेपालको राष्ट्रिय हित, लोकतन्त्र र अग्रगामी परिवर्तनको लागि भएको सशस्त्र संघर्ष र क्रान्तिका क्रममा सहादत प्राप्त गर्ने व्यक्तिहरूलाई सम्मानस्वरुप सरकारले १२ हजार बढी सहिदहरूको नामावली प्रकाशित गरेको थियो।

 

Your Views
Related News