काठमाडौं : नेकपा माओवादी केन्द्रले फागुन १ देखि ३ गतेसम्म विधान सम्मेलन गर्ने निर्णय गरेको छ। पार्टी कार्यालयमा बसेको स्थायी कमिटी बैठकले उक्त निर्णय गरेको हो।

पार्टी प्रवक्ता अग्नि सापकोटाले त्यसका लागि प्रतिनिधि चयन गरिने बताए। उनले प्रतिनिधि चयन गर्ने विषयमा थप छलफल हुने बताए। ‘प्रतिनिधिको सवालमा थोरै सीमाहरू बढाइएका छन्। यस विषयमा थप छलफल गर्न बाँकी छ,’ उनले भने। उनले स्थायी समितिको अर्को बैठक माघ २६ गते बस्ने बताए।

त्यस्तै राष्ट्रिय सभाको निर्वाचनको लागि समन्वय समितिले बनाइएको र सोही समितिले गठबन्धनका उम्मेदवारलाई जिताउने गरी तयारी गर्ने बताए।

त्यस्तै पार्टी एकतालाई संयोजन समिति बनाएर अघि बढ्ने निर्णयसमेत भएको प्रवक्ता सापकोटाले बताए। त्यसका लागि पार्टी अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा पार्टी एकता संयोजन समिति बनाइएको उनले बताए।

 

Your Views
Related News