काठमाडौं : काठमाडौंको चन्द्रागिरीमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा काठमाडौं-३० बस्ने ६७ वर्षीय ओमकार निधि तिवारी, उनकी श्रीमती ६४ वर्षीया कल्पना तिवारी, काठमाडौं-२ लाजिम्पाटका ३८ वर्षीय डा. महेशकुमार गौतम र उनका ४ वर्षीय छोरा ४ प्रियान्स गौतम रहेका छन्। गौतम तिवारी परिवारका ज्वाइँ रहेको प्रहरीले जानकारी दिएको छ।

जिपमा सवार एक जना सकुसल रहेको र एक जना गम्भीर घाइते रहेको थानकोट प्रहरी वृत्तका प्रमुख डीएसपी नारायणप्रसाद अधिकारीले जानकारी दिए। उनका अनुसार डा. गौतमकी श्रीमती सृष्टि तिवारी सकुसल छन् भने उनको ६ वर्षीया छोरी स्मारिका गौतम गम्भीर घाइते छन्। उनको बल्खुस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ।

प्र-३-०१-२३ च ६९८५ नम्बरको उक्त जिप शनिबार दिउँसो २ बजे दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ। काठमाडौंबाट चित्लाङ जाँदै गर्दा चन्द्रागिरि नगरपालिका-४ पानीघाटभन्दा माथि हिमचुली सेतो पहरा भन्ने ठाउँमा जित सडकबाट पाँच सय मिटर तल खसेको थियो।

 

Your Views
Related News