काठमाडौं : ललितपुरको इमाडोलमा इनारभित्र खसेकी महिलाको सकुशल उद्दार गरिएको छ। उनको करिब साढे दुई घण्टापछि उद्दार गरिएको प्रहरी वृत्त सातदोबाटोका प्रमुख डीएसपी उमेश जोशीले जानकारी दिए।

प्रधानको पाटन अस्पतालमा उपचार भइरहेको छ। उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ। दोलखा घर भइ हाल इमाडोल बस्ने २५ वर्षीया न्यूतन प्रधान सोमबार बिहान ९:४५ बजेतिर कपडा सुकाउन इनारमाथि चढेकी  थिइन्। त्यहीबेला इनारको स्ल्याब फुटेर भित्र खसेकी थिइन्।

इनारमा खसेको खबर पाउनासाथ ललितपुर महानगरको दमकलसहित प्रहरी टोली घटनास्थल पुगेको  थियो।

 

Your Views
Related News