दोलखा : दोलखाको विगुगाउँपालिका-१ लप्ची जाने सडक निर्माणका क्रममा खसेको सुक्खा पहिरोमा पुरिएकाहरूको  उद्धार भएको छ।

नासा हाइड्रोमा काम गर्ने कामदार विगु गाउँपालिका-१ का २८ वर्षीय दिलकुमार तामाङ र  सोही ठाउँका ५८ वर्षीय रसमान तामाङलाई उद्धार गरिएको हो। उद्धार गरेर उनीहरूलाई हेलिकोप्टरमार्फत थप उपचारका लागि काठमाडौं लगिएको छ।

बिगु गाउँपालिका-१ लामावगरबाट लप्ची जाने बाटोमा एक्कासि सुक्खा पहिरो खस्दा हिजो कुसुन तामाङको घटनास्थलमा नै मृत्यु भएको थियो।

 

Your Views
Related News