काठमाडौं : सरकारले राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयक संसदमा पेश गर्न अनुमति दिने निर्णय गरेको छ। बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक दलसम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई संघीय संसदमा पेश गर्न अनुमति दिएको हो।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गृहमन्त्रालयको प्रस्तावमा सरकारले राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयक संसदमा पेश गर्न अनुमति दिने निर्णय भएको जानकारी दिइन्।

यसैगरी बैठकले आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश २०८० जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

 

Your Views
Related News