काठमाडौं : काठमाडौंमहानगरपालिकाले आजबाट न्युरोड क्षेत्रको कालोपत्र सडकमा सवारी पार्किङमा रोक लगाउने भएको छ। महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले  धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, महाबौद्ध, वीरअस्पताल वरपरको कालोपत्र सडकमा पार्किङ निषेध गरिने जानकारी दिए।

उनका अनुसार महानगरले काठमाडौं भ्यु टावर (साविकको पुरानो बसपार्क)मा निःशुल्क पार्किङ गर्न पाउने व्यवस्था गरेको छ। विकल्पमा काठमाडौं टावर (पुरानो बसपार्क)मा  ३०० वटा चारपाङ्ग्रे र  ७०० वटा दुईपाङ्ग्रे सवारी साधन पार्किङ गर्न सकिने जानकारी दिए।
उनले भने,‘मंगलबारदेखि पार्किङ निषेध गरेर ती ठाउँमा विशेष सरसफाइ गर्ने योजना बनाएका छौँ । यसले सवारी आवागमनमा सहज बनाउने अपेक्षा गरेका छौँ ।’
यसअघि झोँछे क्षेत्रमा सवारी पार्किङ निषेध कार्यान्वयन गरि सकिएको छ ।

 

Your Views
Related News