काठमाडौं : उत्तरपश्चिम चीनको सिन्जियाङ उइगुर क्षेत्रको अक्सु प्रान्तको उशी काउन्टीमा ७.१ म्याग्निच्युडको भूकम्प गएको छ। मंगलबार बिहान २ बजेर ९ मिनेटमा ७.१ म्याग्निच्युडको भूकम्प गएको चाइना भूकम्प नेटवर्क सेन्टरले जनाएको छ।

भूकम्पछि  १४ वटा परकम्पहरू आएको बताइएको छ।  जसमा दुईवटा ५ म्याग्निच्युडभन्दा माथिका परकम्प मापन गरिएको छ। ​​​​​​​भूकम्पको केन्द्रविन्दु भएको स्थानमा कयौं घर र गाईवस्तुहरुका गोठ भत्किएका छन्।

भूकम्प प्रभावित क्षेत्रमा तुरून्त २०० बढी उद्धारकर्तालाई पठाइएको छ। केही मानिसहरू सामान्य  घाइते भएको जनाइएको छ।

भूकम्प गएको क्षेत्रमा बिजुलीका पोलहरू ढल्दा केही समय विद्युत आपूर्ति भएको थियो।

 

Your Views
Related News