हेटौंडा : राष्ट्रिय सभाको बागमती क्लस्टरको रिक्त ४ सदस्य पदको लागि हेटौंडामा मतदान प्रक्रिया सुरु भएको छ । हेटौंडा–४ स्थित भुटनदेवी माविको भवनमा बिहान ९ बजेबाट मतदान प्रक्रिया सुरु भएको हो।

मतदान स्थलको (क) मतदान केन्द्रमा प्रदेश सभा सदस्य तथा नेपाल मजदुर किसान पार्टीका संसदीय दलका नेता सुरेन्द्रराज गोरसाईले पहिलो मतदान गरेका हुन्। उक्त भवनमा मतदान केन्द्र (क) मा प्रदेशसभाको लागि र (ख) मा स्थानीय तहका प्रमुख, उपप्रमुखको लागि मतदानस्थलको प्रबन्ध मिलाइएको बागमती प्रदेश निर्वाचन कार्यालयका निमित्त प्रमुख ताराप्रसाद आचार्यले जानकारी दिए ।

मतदान प्रक्रियामा बागमती प्रदेश सभा सदस्यहरु ११० जना र स्थानीय तहका प्रमुख एवम् उपप्रमुख २३७ जना गरी कूल ३४७ जना सहभागी हुने उनले बताए । मतदान प्रक्रिया आज दिउँसो ३ बजेसम्म सञ्चालन हुने र आज मतगणना गरी बेलुकासम्ममा नतिजा सार्वजनिक गरिने पनि उनले जानकारी दिए ।

 

Your Views
Related News