काठमाडौं : तीस लाख रकमसहित दुईजना हुण्डी कारोबारी पक्राउ परेका छन्। पक्राउ पर्नेमा ५० वर्षीय युवराज प्रसाई र ३० वर्षीय विश्वास राई रहेका छन्।

अवैध रुपमा हुण्डी कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा उक्त रकमसहित उनीहरूलाई नेपाल प्रहरी प्रधान कार्यालयको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको हो।

ब्युरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक नवराज अघिकारीले ३० लाख १८ हजार अवैध नेपाली रुपैयाँसहित दुवैजनालाई नियन्त्रणमा लिएको जानकारी दिए।

उनीहरूको साथबाट दुई थान ल्यापटप र पाँच थान मोबाइल समेत बरामद भएको छ।

उनीहरूविरुद्ध जिल्ला अदालत काठमाडौंबाट नेपाल राष्ट्र ब‌ैंक ऐन २०५८ अन्तरगतको कसुरमा म्याद थप भइ अनुसन्धान भइरहेको छ।

 

Your Views
Related News