नुवाकोट । नुवाकोटको विदुर नगरपालिकामा हिजोदेखि शुरु भएको विदुर मेयर कप फुटवल प्रतियोगितामा आयोजक टिमलाई हराउदै  म्यागङ गाउँपालिकाले विजयी शुरुवात गरेको छ ।

नुवाकोट आर्दश बहुमुखी क्याम्पसको खेल मैदान बट्टारमा चलिरहेको प्रतियोगितामा नुवाकोटका दुई नगरपालिका र १० गाउँपालिकासहित १२ टोलिले सहभागिता जनाएका छन् । प्रतियोगिता यहि माघ २० गतेसम्म संचालन हुने छ ।

प्रतियोगिताको बिजेताले ४ लाख ४ हजार ४ सय ४४ रुपैयाँ र उपबिजेताले २ लाख २ हजार २ सय २२ रुपैयाँ पुरस्कार पाउने आयोकजक विदुर नगरपालिकाका मेयर राजन श्रेस्ठले बताउनुभयो।

प्रतियोगिता अन्र्तगत आज तीन खेल हुनेछ । पहिलो खेलमा ककनी गाउँपालिका र लिखु गाउँपालिका भिड्ने छन् भने दोस्रो खेलमा बेलकोटगढी नगरपालिका र किस्पाङ गाउँपालिकाविच प्रतिष्पर्धा हुने छ । यस्तै ३ बजे आजकै अन्तिम खेलमा सुर्यगढी गाउँपालिका र तारकेश्वर गाउँपालिकाको खेल हुने छ ।

 

Your Views
Related News