काठमाडौं : निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेससमक्ष राष्ट्रियसभा निर्वाचनको परिणामसहितको प्रतिवेदन बुझाएको छ।

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आइतबार राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवेदन बुझाएका हुन्।

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार आयोगले राष्ट्रपतिसमक्ष राष्ट्रियसभा  निर्वाचन ऐन २०७५ को दफा ६० बमोजिम राष्ट्रियसभा निर्वाचन २०८० को निर्वाचनको परिणामसहितको प्रतिवेदन बुझाएको हो।

यही माघ ११ गते राष्ट्रियसभाका १९ सिटका लागि सातवटै प्रदेशमा निर्वाचन भएको थियो।

 

Your Views
Related News