काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टीआरसी विधेयक सहमति मै पास हुनुपर्ने बताएका हुन्। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को सिंहदरबारमा आज बिहान बसेको संसदीय दलको बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग सम्बन्धि विधेयक यही अधिवेशनबाट सहमतिमा पास हुने उल्लेख गरेका हुन्।

प्रचण्डले भने, ‘सकेसम्म सहमतिबाट टिआरसी विधेयक टुङ्गाउँदा सबैको हितमा हुन्छ। सोही प्रक्रियामा जानुपर्छ।’

उनले संघीय व्यवस्था विरोधी मतका विरूद्ध वैचारिक रूपले प्रस्तुत हुन निर्देशन दिए। उनले संघीय लोकतन्त्र आफूहरूको सक्रियतामा ल्याएको उल्लेख गर्दै व्यवस्थाको पक्षमा सशक्त भूमिका खेल्न निर्देशन दिए।

उनले भने,‘यो व्यवस्था हामीले ल्याएको हो। यसको रक्षा र सुदृढ गर्ने दायित्व पनि हाम्रो नै हो। त्यसैले व्यवस्था विरोधी मतका विरूद्ध र व्यवस्थाको पक्षमा वैचारिक रूपले प्रस्तुत हुनुपर्छ।’

उनले संसद्मा जनताका पक्षमा दरिलो भूमिका खेल्न पार्टीका सांसदहरूलाई निर्देशन दिए। ‘तपाईंहरू राम्रो तयारीका साथ संसद्मा प्रस्तुत हुनुहोस्। सरकारका काम र पार्टीको नीतिअनुसार दर्बिलो भएर प्रस्तुत हुनुहोस्,’ अध्यक्ष प्रचण्डले भने, ‘सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा अधिकतम कोशिस गरिएको छ। सरकारले राम्रा काम गरेका छन्। यी विषयमा सदनमा आफ्ना विषय प्रस्तुत गर्नुहोस्।’

आगामी आर्थिक वर्षमा परिणाम निस्किनेगरी बजेट ल्याउने तयारी गरिएको जानकारी दिँदै उनले तीन करोडभन्दा साना योजनाहरू केन्द्रमा नराखी तल्लो तहमा पठाइने बताए। उनले गठबन्धनको साझा दृष्टिकोण बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिए।

नीति तथा कार्यक्रम र बजेट निर्माणमा नयाँ पहल लिइएको जानकारी दिँदै उनले सांसद र जनताले समेत बहस गर्ने र उनीहरूको कुरा पनि समावेश हुनेगरी नीति तथा कार्यक्रम र बजेट बनाउनेगरी आगाडि बढिन्छ, तपाईंहरूले पनि महत्त्वपूर्ण सुझाव दिनुस्।’

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोगसम्बन्धि विधेयक यही अधिवेशनबाट सहमतिमा पास हुने उल्लेख गरे। प्रचण्डले भने, ‘सकेसम्म सहमतिबाट टिआरसी विधेयक टुङ्गाउँदा सबैको हितमा हुन्छ। सोही प्रक्रियामा जानुपर्छ।’

 

Your Views
Related News