काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले सदनलाई सत्ता टिकाउने माध्यममात्रै बनाए रास्वपाले कडा खबरदारी गर्ने बताएका छन्।

सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति लामिछानेले अहिलेको अधिवेशनमा जनताको जनजीविकासम्बन्धी विधेयकलाई सरकारले प्राथमिकता दिनुपर्ने भन्दै त्यसो हुन नसके रास्वपाले कडा खबरदारी गर्ने बताए।

संविधान कार्यान्वयनका लागि बनाउनुपर्ने कानुनलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने उनको भनाइ थियो। सरकारले जनचासोका विधेयकहरू सदनमा ल्याउन नसके रास्वापाका सांसदहरूले निजी विधेयकहरू सदनमा लैजाने उनले बताए। उनले सदनलाई जनउत्तरदायी बनाउन रास्वपाले प्रभावकारी भूमिका खेल्ने बताएका थिए।

 

Your Views
Related News