वीरगन्ज : वीरगन्जमा दुई फरक धर्मसमुदायबीचको द्वन्द्वका कारण सोमबारदेखि लगाइएको कर्फ्यू बुधबार राति १० बजेदेखि लागू हुनेगरी पूर्णरूपमा हटाइएको छ।

पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालले सूचना जारी गर्दै वीरगन्जमा लगाइएको कर्फ्यू आदेश राति १० बजेदेखि हटाइएको जानकारी गराएका हुन्। वीरगन्जको अवस्था सामान्य हुँदै गएकाले कर्फ्यू पूर्णरूपमा हटाइएको सूचनामा उल्लेख छ।

यसअघि बुधबार बिहान बसेको जिल्ला सुरक्षा समितिको बैठकले वीरगन्ज महानगर क्षेत्रमा सोमबार साँझ ५ बजेदेखि जारी गरिएको कर्फ्यू आदेश बुधबार बिहान ११ बजेदेखि राति १० बजेसम्मका लागिमात्र हटाउने निर्णय गरेको थियो।

 

Your Views
Related News