काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवं अर्थमन्त्री डा. प्रकाशशरण महतले पाटीभित्र एक अर्काको आलोचना नगरेर विपक्षको आलोचना गर्न सुझाव दिएका छन् ।

कस्तो खाले बदमासी गरिरहेका छन् । कस्तो खाले प्रवृत्ति देखाइरहेका छन? त्यतातिर आलोचना र विरोध गर्न उनले सुझाव दिए ।

गठबन्धन गर्नै नपर्ने गरी संगठन निर्माणमा लाग्न नेता कार्यकर्तालाई आग्रह गरेका छन् । गठबन्धन गर्ने नगर्ने कुराहरु आइरहको बताउँदै उनले भने,‘ गठबन्धन गर्नैपर्ने गरी संगठन निर्माण गरौं । गठबन्धन गर्नै नपरोस् भनि संगठन निर्माण गरौं न कि अहिले के गर्ने कसो गर्ने भन्ने विषयमा धेरै अलमल गर्नुपर्ने आवश्यकता छैन ।’

गठबन्धन सरकारको सीमितता रहेपनि हरसम्भव सुधारका कार्य गरिरहेको उनले दाबी गरे ।

 

Your Views
Related News