सहकारीकाे पैसा अपचलन गरेको आराेप लागेका गितेन्द्रबाबु (जीबी) राई पक्राउबारे नेपाल प्रहरीले जानकारी नभएकाे जनाएकाे छ। बिहीबार बिहानै राई सिङ्गापुरबाट पक्राउ परेकाे समाचारहरू सार्वजनिक भएका थिए।

नेपाल प्रहरीका प्रमुख बसन्तबहादुर कुँवरले आफुलाई त्यसबारे कुनै जानकारी नभएकाे बताए।

बिएल नेपाली सेवासँग कुरा गर्दै  उनले भने– ‘हाेइन पक्राउ परेका छैनन्। पक्राउ परेकाे भए मलाई थाहा भइहाल्थ्याे नि! हल्लाकाे पछि नलाग्नुस्।’

बिहीबार बिहानदेखि सामाजिक सञ्चालमा जीबी राई पक्राउ परेकाे विषय फैलिरहेको छ।

यस्तै नेपाल प्रहरीका प्रवक्ता भिमप्रसाद ढकालले पनि राई पक्राउ नपरेकाे बताए। ‘उनकाे खाेजी भइरहेकाे छ। तर पक्राउ परेकाे छैन। हल्ला कसरी फैलियाे थाहा छैन’, उनले भने।

विभिन्न सहरकारीकाे बचत अपचलन गरेकाे आराेप लागेपछि उनी फरार छन्। यसअघि प्रहरीले उनी मलेसियामा लुकिबसेकाे भन्ने सूचना पाएपछि उनलाई पक्राउ गर्नका लागि इन्टरपाेलकाे सहयाेग मागेकाे थियाे।

 

Your Views
Related News