काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान गठबन्धनले राप्रपालाई खोज्ने दिन नआओस् भन्दै चेतावनी दिएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा उनले मुलुकको वर्तमान समस्या समाधान गर्न नयाँ राष्ट्रिय सहमति आवश्यक भएको बताएका हुन्। उनले नयाँ समझदारीबाट मुलुकलाई अगाडि लैजान सबै पक्षलाई आह्वान गरे।

उनले भने, ‘राप्रपा यो सत्ताकेन्द्रित चलखेलमा सामेल छैन तर कतिपय साथीहरूले उत्साहका साथ भन्नुभयो हामीले राप्रपालाई नलिने भएका छौं भनेर। त्यसलाई राप्रपाले नोटिसमा राखेको छ, यो गठबन्धनले खोज्नुपर्ने दिन नआओस्।’

उनले मिटरव्याजी पीडित, लघुवित्त पीडित, दूग्ध उत्पादक किसानका समस्या समाधान गर्न सरकारले ठोस् कार्यक्रम ल्याउनुपर्ने धारणा राखे।

 

Your Views
Related News