काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध परेको रिटमाथिको सुनुवाइ स्थगित भएको छ। रिटमाथिको सुनुवाइका लागि न्यायाधीश कुमार रेग्मी र विनोद शर्माको संयुक्त इजलासमा पेशी तोकिएको थियो।

जनयुद्ध कालमा पाँच हजार मानिसको हत्या गरेको प्रचण्डमाथि आरोप छ।

प्रधानमन्त्री प्रचण्डले २०७६ माघ १ गते टुँडिखेलमा आयोजित माघी महोत्सव कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा आफूले दश वर्षे युद्ध कालमा भएको पाँच हजार जनाको हत्याको जिम्मा आफूले लिने बताएका थिए। सोही अभिव्यक्तिलाई लिएर पीडितले सर्वोच्च अदालतमा उनीविरुद्ध रिट दायर गरेका थिए।

अधिवक्ता  ज्ञानेन्द्र आरण र कल्याण बुढाथकीललगायतले २०७९  साल फागुन २३ गते सर्वोच्चमा प्रचण्डविरुद्ध मुद्दा हालेका थिए। प्रारम्भिक सुनुवाइका लागि २०७९ फागुन २५ पहिलो पेशी तोकिएको थियो। तर सो दिन बेन्च बस्न नभ्याएपछि रिटमाथि सुनुवाइ हुन सकेन।

त्यसपछि सोही फागुन २६ गते न्यायाधीश  ईश्वरप्रसाद खतिवडाको एकल इजलासले रिटमाथि सुनुवाइ गर्दै कारण देखाउ र अग्राधिकार दिएर हेर्न आदेश दिएको थियो।

 

Your Views
Related News