काठमाडौं :  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ठाकुरमोहन श्रेष्ठमाथि पार्टी कार्यालयभित्र भएको आक्रमणको अनुसन्धान गर्न प्रहरीलाई आग्रह गर्ने निर्णय गरेको छ । पार्टी कार्यालयमा आइतबार बसेको राप्रपा कार्यसम्पादन समितिको बैठकले श्रेष्ठमाथिको आक्रमण नितान्त आपराधिक घटना भएको भन्दै अनुसन्धान गर्न प्रहरीलाई आग्रह गर्ने निर्णय गरिएको अध्यक्ष राजेन्द्र लिङदेनले जानकारी दिए ।

केन्द्रीय कार्यसम्पादन समितिको बैठक कक्षबाट बाहिरिदै गर्दा एक समूहले श्रेष्ठमाथि आक्रमण गरेको थियो । श्रेष्ठमाथिको आक्रमणको बैठकले खेद व्यक्त गरेको लिङदेनले बताए । उनले श्रेष्ठमाथिको आक्रमण बैठकसम्बन्धी विषयका कारण नभएको दावी गरे।

त्यस्तै कार्यसम्पादन समिति बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, आन्दोलनको तयारी लगाएतका विषयमा छलफल भएको उनले बताए।

कार्यसम्पादन समितिको एजेण्डाका बारेमा सोमबार पनि छलफल हुने र आवश्यक निष्कर्ष निकालिने अध्यक्ष लिङदेनले जानकारी दिए।

 

Your Views
Related News