पूर्वअर्थमन्त्री डा. प्रकाशसरण महतले शान्ति सम्झौता बमोजिम आर्थिक सहायता बाँड्नुपर्ने भन्दै २६ देखि २७ सय जनालाई १०/१० लाख रुपैयाँका दरले रकम बाँडने प्रधानमन्त्री पुष्पकमल दाहालको प्रस्ताव अस्वीकार गरेको बताएका छन्।

डा.महतले नेपाली कांग्रेसको सहभागितामा सरकारले औसत उपलब्धि मात्र हासिल गरेको भन्ने प्रधानमन्त्री दाहालको आरोपको खण्डन गर्दै उक्त कुरा बताएका हुन। प्रधानमन्त्री दाहालले २६/२७ सय जनालाई १० लाख रुपैयाँका दरले आर्थिक सहायता दिन प्रस्ताव गरेको खुलासा गरेका हुन।

मंगलबार नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपा पत्रकार सम्मेलन गर्दै उनले भने, ‘२० वर्ष अघिको शान्ति प्रक्रिया अनुरुप घाइते र सहिद परिवारलाई आर्थिक सहायता बाँड्ने प्रस्ताव आयो मैले अस्वीकार गरेँ,’ डा.महतले भने, ‘त्यसबेला प्रधानमन्त्री सहमत हुनुभएको हो। तर, त्यही कुरालाई लिएर हुनसक्छ, उहाँले असन्तुष्टि सार्वजनिक गर्नुभएको छ।’

डा महतले २० वर्ष अघिको शान्ति सम्झौतामा छुटेका भनेर प्रधानमन्त्री दाहालले २६ सयको लिस्ट तयार पारेर आर्थिक सहायता वितरणको प्रस्ताव गरेको बताए। ‘लिस्ट बनाएर १०/१० लाख बाँड्ने कुरा आयो त्यसलाई मान्न सक्ने अवस्था थिएन,’ डा। महतले भने, ‘बजेटलाई जे गरेपनि हुन्छ जहाँ खर्च गरेपनि हुन्छ भन्ने मान्यता हामीले तोडेको हो। हामी सत्तामा जाने बित्तिकै बजेटलाई जे गरेपनि हुन्छ। जहाँ खर्च गरेपनि हुन्छ। भन्ने कुरा हामीले हटायौँ’, उनले भने, ‘आर्थिक सहायता दिनुपर्ने, धेरै संख्यामा नाम आउने अवस्था थियो।’

उनले प्रधानमन्त्रीको गठबन्धन बदल्ने निर्णय व्यभिचारी र विश्वासघात पूर्ण रहेको पनि उल्लेख गरे । ‘हामीले यसलाई कपोकल्पित र बहानाबाजीका रूपमा लिएका छौँ’, डा.महतले भने।

‘औसत उपलब्धिको बाट सन्तुष्ट छैन। औसत भन्दा माथि उपलब्धि हासिल गर्न चाहन्थे भन्ने प्रधानमन्त्रीको धारणा सबै बहानाबाजी थियो’, डा. महतले भने, ‘प्रवृत्तिजन्य निर्णय अरू कुनै आशयका साथ भएको छ भन्ने कुरामा दुई मत रहेन।’

उनले महासमिति बैठकले यो गठबन्धनलाई सुदृढका साथ अघि बढाउने निर्णय गरेको र गठबन्धनलाई निरन्तरता दिने तथा मजबुत गर्ने निर्णय गरेको दाबी गरे।

‘मैले अर्थ मन्त्रालयको जिम्मेवारी प्राप्त गर्दा अर्थतन्त्रको अवस्था के थियोरु त्यस अघि एक वर्षको परिणाम थिएन। केही वर्ष यता जस्तो किसिमको नीतिहरू अघि बढाइयो, त्यसबाट सिर्जित परिणाम थियो। यो कारणबाट सिर्जित परिणाम थियो। त्यो शिथिलतामा रहेको अर्थतन्त्रलाई अत्यन्त मेहनत गरेर अत्यन्त समर्पणका साथ हामीले लयमा फर्काएका थियौँ। अहिले राष्ट्र बैंकबाट प्रकाशित पछिल्लो समीक्षा हेर्‍यो भने स्पष्ट हुन्छ। विश्व बैंक एडिबीलगायतका अन्तर्राष्ट्रिय संघसंसथाबाट प्रकाशित प्रकाशनबाट पनि स्पष्ट हुन्छ। अर्थतन्त्र लयमा फर्किँदै थियो’, डा.महतले भने।

उनका अनुसार कांग्रेसले जिम्मेवारी लिँदा महँगीको अवस्था झन्डै ८ प्रतिशत थियो। अहिले ५.२ मा झरेको अवस्था छ। बैंक ब्याजदर अत्यधिक थियो। गत समयमा लिएका मौद्रीक नीतिका कारण र सिर्जित परिस्थितिलाई सम्बोधन गर्न जस्तो नीति ल्याइयो त्यसले सिर्जना गरेको थियो यो स्थिति।

‘मौद्रीक नीति लचक बनाइयो। ब्याजदर ओरालो राख्ने क्रम जारी छ। ११ प्रतिशतको हाराहारीमा आएको छ। यसले लगानीको वातावरण निश्चित गर्न मद्दत गरेको छ। सेयर बजार समस्यामा थियो । सेयर बजार १८ सय तलबाट २१ सयमा पुग्यो। घरजग्गा र पर्यटन व्यवसायले गति लिएको छ’, डा। महतले भने, ‘घरजग्गा कारोबारको इन्डिकेटर सकारात्मक भएको थियो। पर्यटन व्यवसाय, होटेल रेस्टुरेन्ट व्यवसायले गति लिएको छ। १० प्रतिशत राजश्व वृद्धि भएको छ। एक पटक ह्वात्तै प्रगति सम्भव थिएन। सन्तोषजनक मान्नुपर्ने अवस्था छ।’ उनले बेथिति तर्फ उन्मुख बजेटरी सिस्टमलाई ट्र्याकमा ल्याएको दाबी पनि गरे।

‘सरकारमा बसेर इमानदारिता साथ काम गरेको हो। यो गर्नु गलत होरुयो गर्नु पाप होरु यही कारणले गर्दा उपलब्धि नभएका होरु मितव्ययी हुँदा दुरुपयोग नगर्दा उपलब्धि नहुने होरु जति उपलब्धि भयो हाम्रो उपस्थितिले भएको हो’, डा.महतले भने।

 

Your Views
Related News