काठमाडौं : नेपाल समाजवादी पार्टीको डा. बाबुराम भट्टराई पक्षले महिन्द्रराय यादव समूहले माओवादीसँग गरेको एकता पार्टीको नीति विपरीत भएकाले पार्टीले मान्यता नदिने निर्णय गरेको छ।

पार्टी कार्यालय तीनकुनेमा बसेको नेसपाको केन्द्रीय कार्यकार्यकारिणी बैठकले पार्टीको नीति विपरीत स्वार्थका आधारमा केही नेताहरूले माओवादीसँग पार्टी एकता गरेको भन्दै त्यसको कुनै मान्यता नहुने निर्णय गरेको हो।

नेसपालाई संगठनात्मकरूपमा देखिएका समस्या समाधान गर्दै पुनर्जिवित गर्ने विषयमा पार्टी गम्भीर रहेको कार्यकारिणी सदस्य कृष्ण शर्माले बताए।

अनुशासनलाई तोडेर सत्ता समीकरणको खेलमा अमुक स्वार्थ पूरा गर्ने ध्येयका साथ पार्टीका केही नेताले गरेको क्रियाकलाप स्वीकार्य नहुने उनको भनाइ छ। शर्माले कार्यकारिणी समिति बैठकमा आफूहरूसँग बहुमत रहेको दाबी गरे। उनले देशको अग्रगमनका लागि कार्ययोजनासहित अघि बढ्ने भन्दै सोमबार बस्ने केन्द्रीय समिति बैठकले आवश्यक निर्णय गर्ने बताए ।

 

Your Views
Related News