काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ नयाँबस्तीमा भएको मोटरसाइकल दुर्घटनामा मा पञ्चकन्याका एक युवकले ज्यान गुमाएका छन् ।

ज्यान गुमाउनेमा पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ भद्रुटार चुहानडाडाका वर्ष ३० का गोपाल सुनार रहेका छन् । सुनार चढेको बा.३३ प १४३६ नम्बरको मोटरसाइकल बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको प्रहरी वृत्त बौद्धका प्रहरी निरीक्षक जीवराज थापाले बताए ।

शनिबार बिहान ४:५० बजे भएको घटनामा सख्त घाइते सुनारको प्रहरीले उद्धार गरि शिक्षण अस्पताल महाराजगन्जमा पुर्याएको थियोे । सुनारको उपचारको क्रममा  मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

Your Views
Related News